खोलामा कार खस्दा चालकको मृत्यु

काठमाडौं, नागार्जुन नगरपालिका-६ बस्ने बा.प्र. ०२७ च ०४९१ नम्बरको कारका चालक ४० वर्षीय पूर्ण दर्नालको डुबानमा परी गएराति मृत्यु भएको छ ।

सोही नगरपालिका-६ सितापाईला सिभिल होमस्थित छमछमे खोलाको कलभर्टमा दर्नालले चलाएको उक्त कार डुबानमा परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार