मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । संखुवासभा, मकालु गाउँपालिका-३ गढीस्थित भिरमा सोही ठाउँस्थित मकालु वरूण राष्ट्रिय निकुञ्जमा कार्यरत खाँदवारी नगरपालिका-३ सुमन चोक घर भएका ५२ वर्षीय केशर बहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा बस्ने ७२ वर्षीय दिलशेर राई सोही ठाउँस्थित पञ्चेदोबाटोको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार पञ्चेदोबाटो बजार जान्छु भनि हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।



यस्तै रूकुम पश्‍चिम, मुसिकोट नगरपालिका-१ पारिवाङ बस्ने ३० वर्षीय टोपजंग रोकाया सोही नगरपालिका-१ छिङ माथिल्लो गाँउ जाने गोरेटो बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ स्याउली बजार बस्ने २८ वर्षीय किशोर परियार सोही नगरपालिका-७ टुडास्थित मकै बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार घरबाट हिडेँका उनी घर फर्की नआए पश्‍चात खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार