डुबेर चार जनाको मृत्यु

aदेशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ । सिराहा, नरहा गाउँपालिका-४ बरछाबा टोल घर भई बरियारपट्टी गाउँपालिका-२
जानकीनगरस्थित मामाघर बस्ने ओम प्रकाश रायको छोरा ६ वर्षीय धर्मा रायको बरियारपट्टी गाउँपालिका-२ स्थित सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

त्यस्तै महोत्तरी, गौशाला नगरपालिका-२ बेचनटोल बस्ने भोला महतोको छोरा ७ वर्षीय अनित महतो र जिमदा महत्तोको छोरा ८ वर्षीय सिकिन्दर महतोको सोही ठाउँस्थित महरा खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर सिकिन्दरको घटनास्थलमै र अनितको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो ।



यस्तै मोरङ, पथरी शनिश्चरे नगरपालिका-७ शिव चोकस्थित पथरी खोलामा डुबेर सोही नगरपालिका-७ डाँडाटोल बस्ने ४६ वर्षीय धनराज गिरीको शनिबार मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता सुनसरी, रामधुनी नगरपालिका-८ कालीझोरा बस्ने सुनिल चौधरीको छोरा १ वर्ष ६ महिनाको साजन चौधरीको घर नजिकै रहेको नहरको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार