मृत अवस्थामा छ जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट छ जना फेला परेका छन् । नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-९ थुम्सीस्थित नारायणी नदी किनार बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषको शव सडिगलेको अवस्थामा सोमबार फेला परेको छ । उनको शव नारायणी नदीले बगाई ल्याएको बुझिएको छ ।

त्यस्तै बारा, निजगढ नगरपालिका-१२ स्थित बुनजोर खोलामा सोही नगरपालिका-१३ बस्ने ४० वर्षीया माइली माया वाइबा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । उनको शव खोलाले बगाई ल्याएको बुझिएको छ । यस्तै सुर्खेत, बराहाताल गाउँपालिका-७ भुम्के बस्ने २८ वर्षीय भुपेन्द्र बिक आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।



उता कैलाली, जानकी गाउँपालिका-७ गोलौरी बस्ने ७१ वर्षीया फीरिया चौधरी सोही ठाउँस्थित खेतमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यता रौतहट, यमुनामाई गाउँपालिका-४ सरुअठ्ठा बस्ने ८५ वर्षीया फुलो देवी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१ दहखोलास्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको शव सडीगलेको अवस्थामा आइतबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार