मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । मोरङ, जहदा गाउँपालिका-७ महादेवकोल बस्ने ३३ वर्षीय बेदानन्द राजभर आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै उदयपुर, चौदण्डीगढी नगरपालिका-१० देवधार बस्ने ६० वर्षीय बलराम चौधरी सोही ठाउँ स्थित कुन्तिमाई सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सुर्खेत, चौकुने गाउँपालिका-९ झनझनेस्थित भेरी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।



उता कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ ठुलो सिसनिया स्थित रूपन्देही र कपिलवस्तुको सिमानामा रहेको कोठी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार