मृत अवस्थामा नौ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । बागलुङ, गल्कोट नगरपालिका-३ बोहोरा फाँट बस्ने ५४ वर्षीय धन बहादुर बोहोरा सोही नगरपालिका-३ स्थित छहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै पाल्पा, तानसेन नगरपालिका-५ चिसापानी बस्ने ४२ वर्षीय शेर बहादुर विक सोही ठाउँ स्थित खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-१३ बस्ने ५८ वर्षीय चन्द्र कुमार चौधरी सोही ठाउँ स्थित आफ्नै खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।



यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र मन्दिर स्थित कोशी नदीको भङ्गालोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । उता झापा, बिर्तामोड नगरपालिका-१० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मु सोही ठाउँस्थित पैनीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता डोटी, दिपायल सिलगढी नगरपालिका-७ पाकरी बस्ने ४८ वर्षीया चन्द्रा बिष्ट सोही ठाउँ स्थित खोलासैन सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी तनहुँ, व्यास नगरपालिका-१३ बेलबास छाब्दी दोभान स्थित सेती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै स्याङ्जा, वालिङ नगरपालिका-१० गाहाखोला स्थित आँधिखोला किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यता ललितपुर महानगरपालिका-११ इखाचेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार