नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असार ।
आज शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नु भएको विश्वासको मतको प्रस्ताव भारी मतले अस्वीकृत भएको छ ।
यससँगै प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो कार्यकाल आजैबाट समाप्त भएको छ ।
प्रतिनिधिसभामा उपस्थित २५८ जना प्रतिनिधिसभा सदस्यहरूमध्ये ६३ मत प्रस्तावको पक्षमा, १९४ मत प्रस्तावको विपक्षमा परेको थियो भने मत दिन्न भन्नेमा १ मत परेको थियो ।