नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । मंगलबार तोलामा ९ सय रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।
स्थानीय बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४७ हजार ८०० रहेकोमा सोमबार रु १ लाख ४६ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४७ हजार १०० रहेकामा सोमबार प्रतितोला रु १ लाख ४६ हजार २०० मा कारोबार भएकोे थियो ।
यता आज चाँदीको मूल्य भने सोमबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार ८७५ मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजर ८८५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।