नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधबार तोलामा दुई सय रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।
स्थानीय बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४९ हजार ८०० रहेकोमा मंगलबार रु १ लाख ४७ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४९ हजार १०० रहेकामा मंगलबार प्रतितोला रु १ लाख ४७ हजार १०० मा कारोबार भएकोे थियो ।
यता आज चाँदीको मूल्य पनि सोमबारको मूल्य भन्दा २० रुपैयाँ बढ्दै एक हजार ८९५ मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजर ८७० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । यसअघि हिजो (साउन १ गते) सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । हिजो सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।