नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, मिस्दी गाउँपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।