मृत अवस्थामा पाँच जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-३ कमलनगरस्थित फेन्सी पसल अगाडि पेटिमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै झापा, दमक नगरपालिका-३ चेतना टोलस्थित दुम्सेबाट फुटानी चोक जाने बाटो छेउमा सोही नगरपालिका-३ दुम्से बस्ने ३४ वर्षीय पुष्प पौडेल बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कास्की, पोखरा महानगरपालिका-१९ स्थित सडक नालीमा सोही ठाउँ बस्ने २८ वर्षीय डम्बर पुर्जा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कास्की, मादी गाउँपालिका-८ कैरेनीस्थित रूदी खोलाको किनारमा लमजुङ क्वहोलासोथार गाउँपालिका-६ पसगाउँ बस्ने ३८ वर्षीय मंगल विक बिहीबार मृत अवस्थामा फेला परेका छन् । साउन १ गते घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

उता बर्दिया, बढैयाताल गाउँपालिका-१ डांफे बस्ने ५० वर्षीय सोमनाथ योगी सोही गाउँपालिका-२ सितापुरस्थित नालामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार साँझ घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार