कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

जाजरकोट, नलगार्ड नगरपालिका-३ कटके बस्ने ६५ वर्षीय धनबिर कामीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीया उर्मिला विकलाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी झै-झगडा हुँदा उर्मिलाले गत शनिबार कुटपिट गर्दा धनबिर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका धनबिरको नगर अस्पताल दल्ली हुँदै प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार