नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङ, गजुरी गाउँपालिका-५ पोखरेखोलास्थित सडकमा सोमबार बिहान रूख ढलेर बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको माईक्रोबस च्यापिँदा माइक्रोमा सवार रूविभ्याली गाउँपालिका-१ बस्ने ७२ वर्षीय निर्माग तामाङको मृत्यु भएको छ ।
गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो रूखले च्यापिँदा गम्भीर घाइते भएका उनको काठमाडौंस्थित वीर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै रूखले च्यापिएर घाइते भएका माइक्रोमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ७ जना उपचार पश्चात डिचार्ज भएका छन् । तत्काल खटिएको प्रहरीले उद्दार कार्य गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।