नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान, मल्लरानी गाउँपालिका-२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
केशवले ती बालिकालाई आफ्नै गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, पूर्वखोला गाउँपालिका-१ बस्ने ४७ वर्षीय धन बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जब्गादी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, तानसेन नगरपालिका-७ कुन्सरे बस्ने ४३ वर्षीय इन्द्रबिर झेडीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
झेडीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभास र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।