नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । कञ्चनपुर, बेदकोट नगरपालिका-१० स्थित पत्थरिया खोलामा बेदकोट नगरपालिका-२ मुक्ति शिविर बस्ने ६८ वर्षीय मङता डगौरा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
खोलाले बगाई ल्याएको अवस्थामा उनको शव फेला परेको हो । त्यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका-२ बाल्चन खोरियास्थित गौरी-खोला र सप्तकोशीको दोभानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै धनुषा, विदेह नगरपालिका-१ मैनाथपुरस्थित खेतमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।