नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । सल्यान, त्रिबेणी गाउँपालिका-३ ढुङ्गेबगर बस्ने ६१ वर्षीय सुकलाल रोका सोही ठाउँस्थित किमचौर सामुदायिक वनको भिर मुनि मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घाँस काट्न भन्दै सोमबार बिहान गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त वनमा उनको शव फेला परेको हो । त्यस्तै कास्की, पोखरा महानगरपालिका-२४ पाटेस्वाँरा बस्ने २८ वर्षीय ईश्वर कार्की आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै झापा, अर्जुनधारा नगरपालिका-७ गोसलाईन बस्ने ७५ वर्षीय मनिलाल चौधरी आफ्नै घरको बरण्डामा सोमबार मृत अवस्थामा फेला परेका छन् । उता सुनसरी, धरान उपमहानगरपालिका-८ सिद्धार्थमार्ग गुम्बालाइन बस्ने ६७ वर्षीय मिन बहादुर तामाङ बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औँलिया बाबा सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बुधबारदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यता रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-४ मनौरीस्थित कोठी खोलामा सोही ठाउँ बस्ने २२ वर्षीय प्रदीप तेली सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।