नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।
वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने कैलाली गोदावरी नगरपालिका-२ घर भएकी २७ वर्षीया दिपा चन्दलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
दिपाले आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर ठिमीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।