नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, शिवसताक्षी नगरपालिका-२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रामकृष्णले ती बालिकालाई ललाई फकाई प्रलोभन देखाई मंगलबार राति आफ्नै घरभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।