नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।
आफ्नै श्रीमती ४५ वर्षीया नरू साउदको हत्या गरेको अभियोगमा डोटी, पूर्वीचौकी गाउँपालिका-५ उपरकाँडा बस्ने ५० वर्षीय पदी साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पदीले आफ्नै घर आँगनमा हँसिया प्रहार गर्दा नरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सानागाउँ र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।