हत्या गरेको अभियोगमा पक्राउ

नुवाकोट, मेघाङ गाउँपालिका-३ गोगने बस्ने ६५ वर्षीय चमार तामाङको हत्या गरेको अभियोगमा बिदुर नगरपालिका-७ कुबिण्डे बस्ने ६५ वर्षीय लाल बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मेघाङ गाउँपालिका-३ गोगनेस्थित उनीहरू बिच वादविवाद भई झै-झगडा हुँदा लाल बहादुरले ढुङ्गा प्रहार गर्दा चमारको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार