सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । शुक्रबार तोलामा एक हजार ३०० रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।

स्थानीय बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५३ हजार ३०० रहेकोमा सोमबार रु १ लाख ५२ हजार मा कारोबार भएको थियो ।

यता आज चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा ३० रुपैयाँ बढ्दै एक हजार ७९५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजर ७६५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार