सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य २०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५२ हजार ४०० रहेकोमा सोमबार रु १ लाख ५२ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज चाँदीको मूल्य पनि सोमबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ७६५ मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७५५ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । गत भदौ २१ गते शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।

सम्बन्धित समाचार