नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ।
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । शुक्रबार तोलामा तीन हजार रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।
स्थानीय बजारमा आज (शुक्रबार ) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५६ हजार ३०० रहेकोमा बिहीबार रु १ लाख ५३ हजार ३०० मा कारोबार भएको थियो ।
यता आज चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा ६५ रुपैयाँ बढ्दै एक हजार ८६० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजर ७९५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।