पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, कति पुग्यो लिटरको ?

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले मूल्य घटाएको हो ।

भारतीय आयल निगमबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आइतबार राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आइतबारै बसेको सञ्चालक परिषद् बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ ।

निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।

सम्बन्धित समाचार