१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका-७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मेघराजले ती किशोरीलाई सोही ठाउँस्थित गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार