५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम, लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरा गरी बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई भदौ ३० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार