मृत अवस्थामा ११ जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट ११ जना फेला परेका छन् । बर्दिया, बारबर्दिया नगरपालिका-५ धोबिया बस्ने ७० वर्षीय तननु थारू सोही ठाउँस्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै उदयपुर, उदयपुरगढी गाउँपालिका-५ मवासे बस्ने ७० वर्षीया गोफ्ली माया मगर आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै कैलाली, गोदावरी नगरपालिका-२ रीङरोडस्थित बैतडी पुर्चौडी होटलको कोठा नम्बर १०४ मा डडेल्धुरा पर्शुराम नगरपालिका-२ बस्ने ७२ वर्षीय काशी सिंह बोहरा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यता ललितपुर, गोदावरी नगरपालिका-९ चुन्निखेल छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँस्थित बुंग्मती कुलोको गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । उता कञ्च्नपुर, बेदकोट नगरपालिका-३ भम्कास्थित सडक छेउमा सोही ठाउँ बस्ने डडेलधुरा आलीताल गाउँपालिका-७ घर भएका ४१ वर्षीय जोगी महरा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-३ पञ्चेटार बस्ने ६२ वर्षीय शोबिलाल श्रेष्ठ सोही ठाउँस्थित कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दैलेख, भैरवी गाउँपालिका-४ लिउडा बस्ने ६७ वर्षीय नरेश्वर जैसी सोही गाउँपालिका-४ बालिकाँडामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-१४ बिजयनगर टोल बस्ने ५१ वर्षीय देब प्रसाद रिमाल सोही ठाउँस्थित खरबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । उता धनुषा, लक्ष्मिनियाँ गाउँपालिका-१ सोहनि टोल बस्ने ७० वर्षीया दलतिया देवी महरा सोही ठाउँस्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै महोत्तरी, जलेश्वर नगरपालिका-९ पर्कौली चोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता पर्वत, कुश्मा नगरपालिका-६ बान्द्रेवेणी नजिक रहेको कृष्ण मन्दिरको चौरको मञ्चमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार