क्यास–ब्याक र गिफ्टहरूसहित फोन–पेले घोषणा गर्यो ‘सुपर यात्रा’ अभियान

नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले २ असोज, २०८१ देखि सुरु हुने प्रतिक्षित ‘सुपर यात्रा’ अभियानको घोषणा गरेको छ । दशैं र तिहार चाँडै नजिकिँदै गर्दा अभियानले हवाई टिकटको खरिदमा आकर्षक क्यास ब्याक पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

सुपर यात्रा अभियानको अंशको रूपमा नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा ३०० रुपैयाँ क्यास ब्याक प्राप्त गर्नेछन् भने विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा २०० रूपैयाँ क्यास ब्याकको लाभ पाउनेछन् ।



क्यास ब्याक प्रस्तावको अतिरिक्त फोनपेले आकर्षक गिफ्टहरूको पनि घोषणा गरेको छ । हरेक हप्ता पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पनि पाउनेछन् । अन्त्यमा एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट पनि प्राप्त गर्ने फोन पेको अभियानमा उल्लेख छ । यसले अभियानलाई थप रोमाञ्चक बनाउँने अभियानले विश्वास लिएको छ ।

‘दशैं र तिहार नेपालका प्रमुख यात्रा सिजनहरू हुन् । सुपर यात्रा अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौं’ फोनपेका सीएसओ सुभोद शर्माले भने । उनले थपे ‘क्यास ब्याक प्रोत्साहन र गिफ्टहरूको माध्यमबाट हामी हाम्रा ग्राहकहरूको सन्तुष्टि बढाउन र थप प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहित गर्न चाहन्छौं ।’

 

सम्बन्धित समाचार