दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।

प्रसाईंलाई उहाँकै निवास भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”

प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उहाँलाई निवासबाटै पक्राउ गरेको हो । उहाँविरुद्ध साइबर अवराधको कसूर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो । असोज २ गते उहाँविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

सम्बन्धित समाचार