दसैंको टिकाको शुभ साइत कति बजे ?

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते गते बिहान ११ बजेर ३६ मिनेटमा परेको छ ।

असोज १७ गते आइतबार बिहान ९ बजेर १६ मिनेटमा बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:३३ बजे विसर्जन गरिने साइत छ ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११:३६ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

त्यस्तै यस वर्षमहाअष्टमी र नवमी एकै दिन परेको छ । यस्तै २४ असोजमा फुलपाती, २५ मा अष्टमी र नवमी तथा २६ असोजमा विजया दशमी रहेको छ । असोज ३० गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।

दशैंको सम्पूर्ण साइत

दशैंको सम्पूर्ण साइत

सम्बन्धित समाचार