सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार तोलामा चार सय रुपैयाँ वृद्धि भइ सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।

स्थानीय बजारमा आज (सोमबार ) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५९ हजार २०० रहेकोमा आइतबार रु १ लाख ५८ हजार ८०० मा कारोबार भएको थियो ।

यता आज चाँदीको मूल्य भने स्थिर रहँदै आइतबारको मूल्य अनुसार नै कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९२० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार