जिल्ला अदालत कास्कीले दियो छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका जोशीलाई जिल्ला अदालतले कास्कीले ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अदालतले म्याद थपे गरेसंगै जोशीमाथि अनुसन्धान सुरु भएको छ । उहाँमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने अदालत स्रोतले जानकारी दियो ।

प्रहरीले जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेकोमा अदालतले ५ दिनको मात्रै म्याद दिएको हो । जोशीलाई आइतबार राति काठमाडौँबाट पक्राउ गरी पोखरा लागिएको हो ।

सम्बन्धित समाचार