जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२६ मित्रनगर बबालीचोक बस्ने पदम कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा टोखा नगरपालिका-३ बस्ने तनहुँ ब्यास नगरपालिका- १२ घर भएका ५० वर्षीय होम बहादुर थापा मगर समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय रूपैयाँ, १० बुक तास र ग्याम्बलिङ क्वाईन २ सय २० थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार