नवकान्तिपुर संवाददाता
काठमाडौं, ८असोज ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट १२ जना फेला परेका छन् । सर्लाही, रामनगर गाउँपालिका-२ ईनर्वा बस्ने राम ध्यान रायको छोरा ४ वर्षीय तेजश्वी यादव सोही ठाउँस्थित धान खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै तनहुँ, भानु नगरपालिका-२ नारेश्वरटारस्थित बारीमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बागलुङ, बडिगाड गाउँपालिका-५ गाईघाटस्थित बडिगाड खोलामा ढोरपाटन नगरपालिका-३ पुर्कोट घर भएका थम बहादुर गिरीकी छोरी १६ वर्षीया झरना भन्ने पवित्रा गिरी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता पाँचथर, मिक्लाजुङ गाउँपालिका-४ माल्टेनि गाउँ बस्ने ३८ वर्षीया संगिता मगर सोही ठाउँस्थित सडक छेउमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यता सिन्धुली, कमलामाई नगरपालिका-८ पुरानो करकरे बस्ने ३३ वर्षीय काजी बिक आफ्नै घर नजिकै धान खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बाँके, नरैनापुर गाउँपालिका-६ जमुनी चोक बस्ने २२ वर्षीय सुकई यादव सोही ठाउँ बस्ने सदान्नद मौर्यको घर अगाडि सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-१९ छिल्ली खोला बस्ने ७२ वर्षीय पल बहादुर बुढाथोकी सोही ठाउँस्थित आफ्नै खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सर्लाही, बागमती नगरपालिका-२ सुखा हरिवन खोला किनारमा सोही ठाउँ बस्ने ५५ वर्षीय देबी बहादुर कार्की सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सल्यान, शारदा नगरपालिका-१३ अत्तरकाँडास्थित घरमा सोही नगरपालिका-१३ बागमारे घर भएकी ६५ वर्षीया पोक्सरी बुढाथोकी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी सिराहा, बरियारपट्टी गाउँपालिका-३ नेपाल भारत बोर्डर सिमास्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै चितवन, माडी नगरपालिका-२ चिरौलीस्थित सडक छेउमा सोही नगरपालिका-४ बस्ने ८० वर्षीय देब बहादुर घर्ति सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास रोडको बाटो छेउको नालीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।