सुनको मूल्यमा कीर्तिमान

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो । तोलामा तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।



बुधबार प्रतितोला एक लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार ७०० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार ९५५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ ।

सम्बन्धित समाचार