आर्ट अफ लिभिङ्ग नेपालद्वारा महिलाहरूलाई ह्याप्पिनेस प्रोग्राम सम्पन्न

आज भन्दा ४२ वर्षअघिदेखि विश्वका १८६ देशमा संजाल रहेको ‘द आर्ट अफ लिभिङ्ग’को नेपाल इकाईले योग, ध्यान र साधनाको माध्यमबाट जिवन जिउने कला सिकाउने सिलसिलामा विहीबार काठमाडौंको तारकेश्वर नगरपालिकाको गोलढुंगामा ४ दिने ‘ह्याप्पिनेस प्रोग्राम’ कार्यक्रम सम्पन्न गरेको छ ।

घरेलु महिला कामदार, एकल महिलाहरूको समूहलाई लक्षित गरी संचालित उक्त कार्यक्रममा २२ जना लक्षित समूहका महिलाहरू सहभागी थिए । उक्त कार्यक्रमका प्रशिक्षक अच्युतराज गौतम, शैलेन्द्र हमाल र मुख्य प्रशिक्षक निभा माथेमा प्रधानले ४ दिनसम्म प्रशिक्षण दिएका थिए । जीवनको महत्व र जीवन जिउने कलामा योग, ध्यान र साधनाको उपादेयताका बारे विशेष प्रशिक्षण प्रदान गरिएकोे थियो ।

उक्त कार्यक्रमको समापनपछि सहभागीहरूले आफ्नो प्रतिक्रिया दिंदै कार्यक्रमले मन प्रफुल्लित भएको र तनाब व्यवस्थापनमा सहजता हुने र व्यायम र सुदर्शन क्रियाले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम समापनपछि बोल्दै मुख्य प्रशिक्षक निभा माथेमा प्रधानले नेपालमा भविष्यमा पनि यस्ता कार्यक्रमकहरू संचालन गरी लक्षित समुदाय र वर्गलाई सेवा पुर्याउन र स्वस्थ समाज निर्माणमा लाग्न आर्ट अफ लिभिङ्ग नेपाललाई प्रेरणा मिलेको धारणा राखेकी थिइन् ।

सम्बन्धित समाचार