फोनपे र कर्मचारी सञ्चयकोषबीच डिजिटल भुक्तानी गर्ने साझेदारी

फोनपे पेमेंट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच ए.पी.आई. आधारित होस्ट–टु–होस्ट भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको जनाइएको छ ।

यस इन्टेग्रेशनले कर्मचारी सञ्चय कोषको एर्प (इ.आर.पी.) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ । यसो गर्दा, कर्पोरेट भुक्तानीहरु जस्तै, व्यवसायदेखि ग्राहक, व्यवसायदेखि व्यवसाय र व्यवसायदेखि सरकारसम्मको भुक्तानी सरल अनि सजिलो भएको पनि जनाइएको छ ।

यस व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ ।

यस रणनीतिक साझेदारीको फलस्वरुप, अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ र ओम्नी च्यानल वेबसाइटहरूमार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् । आधुनिक डिजिटल भुक्तानी पूर्वाधार जस्तै होस्ट–टु–होस्ट भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरुको साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ ।

कर्मचारी सञ्चय कोषसँगको यस साझेदारी प्रयोगकर्ताहरूको लागि वित्तीय पहुँच र दक्षता बढाउने फोनपेको लक्ष्यसँगप्रतिबद्ध रहेको भन्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने ‘हामीले डिजिटल भुक्तानीका समाधानहरूलाई एकीकृत गरेर प्रयोगकर्ताहरूलाई सुविधा मात्र दिइरहेका छैनौं, हामी डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रिय रूपमा योगदान गरिरहेका छौं । यस साझेदारीले हाम्रो प्रतिबद्धता अनुरुप वित्तीय सेवाहरूलाई सबै नेपालीहरूको लागि थप पहुँच योग्य र ग्राहकमैत्री बनाएको छ । हामीले यस साझेदारी मार्फत धेरै नयाँ भुक्तानीका समाधानहरू पनि प्रस्तुत गर्ने लक्ष्य राखेका छौं ।’

कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले भने ‘फोनपेसँगको सहकार्य हाम्रो वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम हो । कर्मचारी सञ्चय कोषअन्तर्गत सापटीहरुमा डिजिटल भुक्तानी सेवा सुचारु हुनुले हाम्रा सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउने छ । यस साझेदारीले हाम्रा योगदानकर्ताहरूलाई फाइदा पुर्याउने नवीन समाधानहरू अपनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ ।’

सम्बन्धित समाचार