मृत अवस्थामा १५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १५ जना फेला परेका छन् । सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोक बसपार्कस्थित फलैचामा सोही उपमहानगरपालिका-१९ बस्ने २९ वर्षीय धनेन्द्र लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१० डुमोरटका डम्पिङ साइडस्थित बुढी खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गोरखा, सहिद लखन गाउँपालिका-६ सुखौरास्थित सुखौरा खोला किनारमा सोही गाउँपालिका-६ अँधेरी बस्ने ७० वर्षीया बाल कुमारी श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु शंखादेवी बस्ने ४० वर्षीया लिलादेवी थापा सोही नगरपालिका-८ स्थित नेपालचौरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी ललितपुर महानगरपालिका-३ मनमोहन पार्क फोहोर मैला डम्पिङ साइडमा झापा कमल गाउँपालिका-१ घर भएका २८ वर्षीय सुवास पाण्डे आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै झापा, अर्जुनधारा नगरपालिका-८ स्थित ग्रिल पसलमा काम गर्ने भारत जाल्पागढी पूर्व बालकुमारी चौकी धुपगढी बस्ने ४७ वर्षीय सपन सरकार सोही पसलमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता धनकुटा, साँगुरीगढी गाउँपालिका-७ स्थित तमोर नदीको किनारमा हाल नाम, थर, वतन, नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता काठमाडौं महानगरपालिका-८ पशुपती क्रियापुत्री भवन पछाडी बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-१ बस्तीपुरस्थित बागमती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै चितवन, खैरहनी नगरपालिका-४ सुर्योदय बस्ने ९२ वर्षीया सन्त कुमारी पन्त सोही ठाउँस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै कास्की, पोखरा महानगरपालिका-२९ मुसेटुडास्थित सेती नदी किनारमा सोही महानगरपालिका-१४ खाल्टे मसिना बस्ने पर्वत मोदी गाउँपालिका-५ बाजुङ घर भएकी ९ वर्षीया डिम्पल पौडेल शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता नुवाकोट, लिखु गाउँपालिका-५ शेराको मुहानस्थित लिखु खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कैलाली, मोहन्याल गाउँपालिका-६ चिप्लेस्थित कर्णाली नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका-५ सकरदिनईस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै महोत्तरी, बर्दिबास नगरपालिका-११ स्थित खयरमारा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार