जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-६ संगम टोल बस्ने धने गरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४९ वर्षीय मोहन बहादुर सिंह समेत छ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार १ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार