मृत अवस्थामा १२ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । मोरङ, ग्रामथान गाउँपालिका-६ भर्चोल बस्ने ३५ वर्षीय सत्य नारायण भगत सोही ठाउँस्थित पैनीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-८ हाटखोलास्थित संघिया खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-४ खोरीयास्थित डाँस खोलामा पथरीशनिश्चरे नगरपालिका-८ मंगलबारे बस्ने ७५ वर्षीय लाख बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सर्लाही, बलरा नगरपालिका-३ लक्ष्मीपुर बस्ने महावीर ठाकुरको छोरा १२ वर्षीय अंकित ठाकुर सोही ठाउँस्थित जमेको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै गुल्मी, कालिगण्डकी गाउँपालिका-१ हर्मिचौर बस्ने २६ वर्षीय लिल बहादुर सुस्लिङ
मगर सोही ठाउँस्थित दिहिङखोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता काठमाडौं महानगरपालिका-९ तिलगंगा नजिक बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । उता चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित रामकुटी अगाडिको चौतारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी काठमाडौं महानगरपालिका-१७ कालधारा डेरा गरी बस्ने ३० वर्षीय गोबिन्द ओलीको कोठामा उनकै साथी उदयपुर गाईघाट घर भएका २७ वर्षीय बिनोद बिष्ट आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डास्थित कटेजमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मुगु, खत्याड गाउँपालिका-३ रोल गाउँ बस्ने ६५ वर्षीय गोर्ख रावत सोरू गाउँपालिका-९ खनयाको लेकमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता सल्यान, शारदा नगरपालिका-६ कौछे बस्ने ३६ वर्षीय राज कुमार विक रा.१ ह ७४११ नम्बरको अटोमा आइतबार मृत अवस्थमा फेला परेका छन् ।

यस्तै ओखलढुंगा, सिद्धिचरण नगरपालिका-९ र मोलुङ गाउँपालिका-१ को सिमानामा रहेको लिपे खोलामा मोलुङ गाउँपालिका-१ गहते बस्ने ५० वर्षीया दिल कुमारी श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार