नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज एक खेल अगावै जित्यो, सुपर ओभरमा अमेरिका पराजित

नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज एक खेल अगावै जितेको छ । आइतबार बिहान भएको दोस्रो खेलमा सुपर ओभरमा अमेरिकामाथि जित निकाल्दै नेपालले तीन खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । यस अघि भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।

सिरिजअन्तर्गत आजको खेल बराबरीमा टुंगिएपछि सुपर ओभरमा धकेलिएको थियो । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस जितेर पहिला ब्याटिङको गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा ६ छक्का र ७ चौकाको मद्दतमा अविजित रहँदै ९२ रनको अर्धशतकीय पारी खेले भने अनिलकुमार शाह २५ रन जोड्दा गुलसन झा १९ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १८ र करण केसी ६ रनमा अविजित रहे।

अमेरिकाका लागि जसदीप सिंह र नोस्थस केन्जीगेले समान २-२ विकेट लिए भने सौरभ नेत्राभलकरको भागमा एक विकेट रह्यो । नेपालले दियो १७१ रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य पछाएको नेपालले ४ बलमा नै पुरा गर्दै जित हासिल गरेको थियो ।

त्यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै बनायो । अमेरिकाका लागि आन्द्रेस गौसले ६२ रन बनाए भने सैतेजा मुकमलाले ४७ रन जोड्दा मिलिन्डा कुमारले १५ तथा सायन जहांगिरले १४ रन बनाए। नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिंदा सागर ढकाल तथा दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।

अब सिरिजको तेस्री तथा अन्तिम खेल भोलि बिहान हुनेछ ।

सम्बन्धित समाचार