रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको थियो ।

उहांलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा परेका कारण लामिछानेलाईआइतबार मात्रै अदालतमा उपस्थित गराइएको हो । सहकारी पीडित र रास्वपा कार्यकर्ताहरु अदालत बाहिर प्रदर्शनमा उत्रिँदा तनाव सिर्जना हुनसक्ने भएकाले पोखराको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

सम्बन्धित समाचार