मुद्दा जिताइदिन्छु भन्दै १ करोड २८ लाख रुपैयाँ ठगी गर्ने महर्जन पक्राउ

काठमाण्डौँ–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाण्डौँ–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) को टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिइ रु एक करोड २८ लाख लिएर फरार भएका थिए ।

आचार्यले भन्नुभयो, “कार्यालयमा जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतबाट यही ६ गते पक्राउ अनुमति जारी भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरी टोलीले सोमबार दिउँसो १ बजे पक्राउ गरेको हो ।”

सम्बन्धित समाचार