नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कार्तिक ।
सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएका कारण स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ । सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज रु एक हजार पाँच सयले बढेको हो ।
यसैगरी,चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेर दुई हजार एक सय पाँच कायम भएको महासङ्घले जनाएको छ । सोमबार एक तोला चाँदी रु दुई हजार ६५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।