नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ कार्तिक ।
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगा, चिशंखुगढी गाउँपालिका-५ कालिमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुनिलले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमाप्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।