नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनु भएको छ । सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार उहाँ अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहनुभएको छ ।
सिलवालले भन्नुभयो, ‘‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन। उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ।’’