नवकान्तिपुर संवाददाता
बैतडी, ३० कात्तिक l
दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले राससलाई जानकारी दिनुभयो ।
जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा परेका उहाँले बताउनुभयो ।
घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उहाँले मृतकको सनाखत हुन बाँकी रहेको बताउनुभयो। घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।
दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।