करेन्ट लागेर जनार्दनको मृत्यु

दाङ, घोराही उपमहानगरपालिका-५ भैसापथ्रा सेजबाल टोल बस्ने ३५ वर्षीय जनार्दन घिमिरेको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार