नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित खाली चौरमा सोही महानगरपालिका-८ गोठाटार घर भएका ३७ वर्षीय इशान कोइराला शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सर्लाही, लालबन्दी नगरपालिका-४ करैया बस्ने ५५ वर्षीय धयनवा चौधरी सोही नगरपालिका-७ तरकारी बजार नजिकै रहेको पाकर गाछीको चौतारामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काभ्रे, माहाभारत गाउँपालिका-३ देउराली बस्ने ५९ वर्षीय रेख बहादुर रखुवाल सोही गाउँपालिका-५ तिनखुट्टेस्थित खानी खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । उता पाँचथर, पाँचथर गाउँपालिका-६ खत्र गाउँ बस्ने ७० वर्षीय तिल बहादुर खत्रक(लिम्बु) सोही ठाउँस्थित पखेरे भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यता झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित कंचनजंगा होटलमा सोही नगरपालिका-१० धुलावारी बस्ने ४८ वर्षीय मनोज पराजुली शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी जाजरकोट, नलगाड नगरपालिका-१ निलगड्डीस्थित ठुली भेरीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता नुवाकोट, बेलकोटगढी नगरपालिका-७ रातमाटेस्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


