नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।


देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । रौतहट, गरूडा नगरपालिका-२ लम्हा नदीको नक्टिमाई घाटस्थित भुमरीमा डुबेर सोही ठाउँ बस्ने १८ वर्षीय जितेन्द्र साह र १८ वर्षीय राजिव साहको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिवनगर र इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो ।
त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-१४ मुजेलिया बस्ने रूपेश झाको छोरा २ वर्षीय चेतन झा को आफ्नै घर अगाडि रहेको पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


